Sajha Sawal Episode 408 Medical Education
मेडिकल शिक्षामा देखिएका विवादबारे स्वास्थ्य मन्त्री खगराज अधिकारी, काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल डा. चन्दा कार्की र चिकित्सा शिक्षा सुधारका लागि गठित कार्यदलका सदस्य डा. भगवान कोइरालासँगको बहस
मेडिकल शिक्षामा देखिएका विवादबारे स्वास्थ्य मन्त्री खगराज अधिकारी, काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल डा. चन्दा कार्की र चिकित्सा शिक्षा सुधारका लागि गठित कार्यदलका सदस्य डा. भगवान कोइरालासँगको बहस
पहाडको विकास कसरी गर्न सकिएला? आजको साझा सवालको बहस: ओखलढुङ्गाका सभासद् यज्ञराज सुनुवार, संसदको विकास समितिका सदस्य अनीता देवकोटा र विकासविद् द्वारिकानाथ ढुङ्गेलसँग
संविधानको मस्यौदामा राखिएको सीमाङ्कनसहितको ६ प्रदेशको विषयमा ६ वटै प्रदेशबाट डाकिएका सहभागीहरुमाझ एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई र विश्लेषक सिके लालसँग गरिएको साझा सवालको बहस
नेपालमा वर्षौंदेखि रहेको जातीय विभेद र छुवाछुतको अन्त्य कहिले र कसरी गर्न सकिएला? नेपाली काँग्रेसका नेता प्रदीप गिरी, एमाओवादीका विश्वभक्त दुलाल ‘आहुती’ र अभिनेता राजेश हमालसँग सप्तरीमा गरिएको बहस ।
भूकम्पपछि पुनर्निर्माणका लागि आवश्यक लाखौं जनशक्ति कसरी जुटाउने?
संविधानको मस्यौदामा नागरिकले दिएका सुझाबहरु कसरी समेटिन्छन् त ? पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल र राप्रपा नेपालका अध्यक्ष कमल थापासंग काठमाडौमा गरिएको साझा सवालको बहस ।
कन्चनपुरको महेन्द्रनगरमा रेकर्ड गरिएको आजको कार्यक्रममा संविधानको मस्यौदा र दलहरुका अन्य प्रतिबद्धताबारे नागरिकका प्रश्न सिँचाइ मन्त्री एन पी साउद, सभासद् कलसा महरा र एमाले नेता उर्वादत्त पन्तलाई ।
आठ वर्षको अलमलपछि आएको संविधानको मस्यौदाबारे मध्यपश्चिमका नागरिकको प्रश्न के छ ?
नेपाली कामदारले वैदेशिक रोजगारीमा जान सरकारले तोकेकै रकम तिरेर जान पाएका छन् त?
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई झापाली जनताका प्रश्न आजको साझा सवालमा।
नयाँ वर्षसँगै पात्रोहरु मात्रै हैन, नागरिकको आशा, अपेक्षा पनि नवीकरण हुन्छन् । यो वर्ष के हुँदैछन् त आशालाग्दा कामहरु? साझा सवालको यो अंकमा हामी केही आशलाग्दा कामहरुको बारेमा छलफल गर्दैछौं ।
जुन सपना देखाएर सशस्त्र द्वन्द्व शुरु भयो, ती कति पुरा भए? कति भएनन्? सशस्त्र द्वन्द्व सकिएको नौ वर्ष पुरा भइसक्दा अपेक्षाअनुसार पुनर्निर्माण र विकासका काम भइरहेका छन् त?
पैसा भएर पनि बेलामा विकासका लागि किन खर्च भइरहेको छैन भन्ने बारे अर्थ मन्त्री राम शरण महतसँग गरिएको बहस
राणाकालदेखि जग्गा बाँड्न थालेको सरकारले पञ्चायत, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि लालपुर्जा बाँडेको बाँड्यै छ । तर पनि सुकुम्बासी र भूमिहीनहरुको समस्या सुल्झिएको छैन बरु बल्झिरहेको छ ।
दार्चुलामा गएको बाढीपछिको पुन निर्माण किन ढिलो भइरहेको छ । किन विकास गति सुस्त हुन्छ सुदुरपश्चिममा ।
सुदूर पश्चिमको विकासका चुनौतीबारे साझा सवाल को बहस
नेपाली महिलाहरु कसरी थप सक्षम, सफल र समान हुँदैछन्?
लाखौं खर्च गर्न सक्ने गच्छे नभएका कडा रोगका विरामीहरुको जिम्मा कसले लिने?
मधेशी, दलित र मुस्लिम समुदायमा पढाईको भोक जगाउन किन नसकिएको होला? एउटा निम्न माध्यमिक विद्यालय पनि नभएको कपिलवस्तुको आठ गाउँ विकास समितिमध्ये एक पिपराको चाकरचौडामा रेकर्ड गरिएको साझा सवालको बहस ।
हातमा पैसा बोकेर आएपछि सरक्कै इन्धन पाउने दिन कहिले आउला? साझा सवालको यो अंकमा हामीले बर्सेनी खेप्नुपरेको ग्याँसको अभाव र यसको समाधानका बारेमा बहस ।
बढ्दा यातायात दुर्घटनामा जिम्मेवार को छन्? सार्वजनिक यातायातलाई कसरी सुरक्षित बनाउन सकिन्छ?
साझा सवालमा व्यवस्थित शहरी विकासका बारेमा बहस – Sajha Sawal Episode 371: Urban Development
नेपाली किसानका समस्याहरु के के छन् र ती समस्याको समाधान कसरी गर्न सकिएला?
जिम्मेवार नागरिकका हिसावले भ्रष्टाचार नियन्त्रणका लागि तपाईंले आफ्नो तहबाट के गर्न सक्नुहुन्छ?
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पूर्व सचिव मोहन बन्जाडे र प्राध्यापक डा. भगवान कोइरालासँग सहभागीहरुको बहस ।
नेपालमा उद्योगको विकास पर्याप्त मात्रामा हुन नसक्नुको कारण के होला?