Sajha Sawal Episode-456 Voice of Terai Madhesh
तराई मधेशका कुरा!
उपसभामुख गङ्गाप्रसाद यादब र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो सङ्ग सप्तरीमा गरिएको बहस
तराई मधेशका कुरा!
उपसभामुख गङ्गाप्रसाद यादब र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो सङ्ग सप्तरीमा गरिएको बहस
बिदेशबाट फर्किएर आउँदा ल्याएको सीप, जाँगर र पूँजीबाट नेपालमै व्यवसाय गरिरहेको पौरखी नेपदलीहरुको कथा ।
कसरी सरकारी/सामुदायिक स्कूल राम्रा बन्न सक्छन्? किन कुनै सरकारी विद्यालयलाई विद्यार्थी पाउन हम्मे छ र कुनैमा आफ्ना छोराछोरीलाई भर्ना दिलाउन मन्त्रीको ‘सोर्स’ खोज्दै अभिभावक मन्त्रालय धाउँछन्? शिक्षा मन्त्रीलाई लिएर राजधानीका चार सरकारी स्कूल पुगी तयार पारिएको एक फरक साझा सवाल।
केपी ओली सरकारबाट माओवादी केन्द्र बाहिरिएपछि अहिले नयाँ सरकार कसरी र कहिले बन्ला भन्ने चासो जताततै छ। राजनीतिको यो नयाँ विकासबारे नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग साझा सवाल
यतिबेला धेरै किसान असारे चटारोमा छन् । तर तीन दशक अघिसम्म खाद्यान्न निर्यात गर्ने देश अहिले आयात गर्नेमा फेरिएको छ। कृषि प्रधान देश भनिए पनि धेरै किसान निर्वाहमुखि कृषिमै सिमित छन् । तर केही किसान आफ्नै पहल र केही संघसंस्थाको सहयोगमा व्यवसायिक कृषितर्फ अघि बढिरहेका छन् र कतिले सफलता पनि पाएका छन् ।
भूइँचालोको ठ्याक्कै १ वर्ष पुग्यो । प्रभावितहरु अझै कहिलेसम्म टहरामै?
भूकम्प प्रभावितका प्रश्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली र भुकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)का आमोदमणि दीक्षितलाई।
वैदेशिक रोजगारमा फ्री भिसा र फ्री टिकटको निर्णय कहिले र कसरी लागु होला ? कि सरकार आफ्नै निर्णयबाट पछि हट्ला? श्रम मन्त्री दीपक बोहरा र वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष विमल ढकालसँगको बहस।
भूइँचालोको एक वर्ष पुग्नै लाग्दा प्रभावितहरुको जिन्दगी कति फेरियो त? साझा सवालको यो फरक अंक हेर्नुहोस्
काठमाडौंबाट करिब ९०० किलोमिटरको दुरीमा रहेको बझाङ सदरमुकाममा रेकर्ड गरिएको यसपटकको साझा सवाल।
कहिले हैजा त कहिले स्वाइन फ्लूको महामारीमा पर्ने जाजरकोटको अवस्था, अहिले कस्तो छ ? सांसद राजीव विक्रम शाह र डाक्टर दीपक पुनसँग जाजरकोटका विभिन्न गाविस घुमेर तयार पारिएको साझा सवालको विशेष अंक
हरेक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ’ भनेको निकै सुनिन्छ । त्यसो हो भने सफल महिलाको पछाडि कस्को हात हुन्छ त ?
भूइँचालोपछि निरन्तर सेवा र सहयोगमा निस्वार्थ खटेका ‘हिरो’हरुको कथा ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतसंग जाजरकोटमा गरिएको साझा सवाल
फेसबुक, ट्वीटर, भाइबर, स्काइपलगायतका सामाजिक संजाल प्रयोग गर्ने नेपालीको संख्या ६० लाख नाघिसकेको छ । प्रयोगकर्ता बढेसँगै यसले नयाँ नयाँ समस्या पनि निम्त्याएको छ । आजको साझा सवालको बहस यही विषयमा ।
सरकारको चार महिना कस्तो रह्यो? उप-प्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापासँग देशभरबाट आएका सहभागीहरुसंग आजको साझा सवालको बहस
देशभित्र र बाहिर के छन् त रोजगारी बजारको अवस्था? कस्ता तालिम कहाँ लियो भने रोजगारी पाइएला?
जुन आफ्नो थियो, त्यो बाँकी रहेन, जे छ, त्यो आफ्नो होइन, पारी जाउँ भीरै भीर, वारी पीरै पीर, टाढाको गाउँमा, डाँडाको बस्तीमा, बाँचेका मान्छेहरु । साझा सवालको एउटा फरक अंक – ‘बाँचेका मान्छेहरु’
ऊर्जा शंकट र जलविद्यूत विकासबारे ऊर्जा उत्पादक, विद्यूत विज्ञ र उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझी विचको बहस ।
नेपाली महिलाहरु कसरी थप सक्षम, सफल र समान हुँदैछन्? तिलगंगा आँखा अस्पतालकी प्रमुख कार्यकारी डा. रिता गुरुङ, प्रहरी उपरीक्षक मीरा चौधरी र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग सहभागीहरुको बहस । नौ महिना अघि प्रसारित अङ्क पुन: प्रसारण ।
एकजना किसानले उद्दमी र सफल हुनलाई के के गर्नु पर्छ ?
देशका बिभिन्न भागमा रहेर कृषि पेशा अंगालेका पौरखी किसानहरुको प्रेरणादायी कथा आजको साझा सवालमा ।